नियम १३
उपचार गर्ने तरीका
निरीक्षकले बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तुको उपचार गर्नु परेमा देहायको कुनै एक वा एकभन्दा बढी उपचार विधि अवलम्बन गरी निसंक्रमण वा उपचार गर्नु गराउनु पर्नेछः–
(क) धूमिकरण उपचारः धूमिकरण विषादीबाट हावा नछिर्ने गरी कम्तीमा चौबीस घण्टा राखी उपचार गर्ने ।
(ख) भौतिक विधिबाट उपचारः शत्रुजीवको विशेषताको आधारमा भौतिक विधिबाट उपचार (जस्तै चिसो, ताप, विकिरण) गर्ने ।
(ग) रसायन विधिबाट उपचारः विभिन्न रसायनयुक्त विषादीहरुबाट (जस्तै धूलो, गेडा, झोल आदि) उपचार गर्ने ।